Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


एनसीएचएलको पे क्यूआर सञ्चालनमा


130
Shares

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल पे क्यूआर सञ्चालनमा ल्याएको छ ।

कम्पनीले शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी पे क्युआरको औपचारिक सुरुवात गरेको हो ।

एनसीएचएलले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्यूआर स्ट्यान्डर्डअनुसार अन्तर–आबद्धता कायम गर्नेगरी नेपाल पे क्युआर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

क्यूआर स्कीमको रुपमा उपलब्ध रहेको उक्त नेपाल पे क्युआरले मर्चेन्ट वा नेटवर्क स्तरमा अन्तरआबद्धता कायम गर्न सक्ने एनसीएचएलले जनाइएको छ । यसबाट नेपालमा क्युआर भुक्तानीलाई थप सहज हुने अपेक्षा गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले दाबी गर्नुभयो ।

हालसम्म हिमालयन बैंक, सानिमा बैंक, समृद्धि फाइनान्स, कनेक्ट आइपीएसलगायतका मोबाइल एपहरुबाट नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।