Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


भोजपुर जिल्ला अस्पताललाई ५० शैय्याको बनाउने


117
Shares

भोजपुर । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले भोजपुर जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारका लागि जिल्ला अस्पताललाई ५० शैय्याको बनाउने बताउनुभएको छ ।

भोजपुरका शुक्रबारबाट सुरु भएको तीन दिने बृहत निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उहाँले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन जिल्लामै प्राविधिक जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताउनुभयो ।

भोजपुर नगरपालिकाको आयोजना र नेपाल चिकित्सक संघ, तथा दावाली मिलन क्लबको संयोजनमा जिल्लामा आजबाट बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

ग्रामीण क्षेत्रका नागरिकहरुलाई स्थानीय स्तरमै निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले वरिष्ठ चिकित्सक डाक्टर भगवान कोइराला, डाक्टर लोचन कार्की, डाक्टर भुपेन्द्र बस्नेत लगायतको सहभागितामा स्वास्थ्य शिविर आयोजना गरेको भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले जानकारी दिनुभयो ।

Skip This