Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


शिक्षा र स्वास्थ्य क्षेत्रमा धनी र गरिबबीचको विभेद अन्त्य हुनुपर्छ : उपराष्ट्रपति पुन


65
Shares

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा धनी र गरिबका बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

शुक्रबार २४औं अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले शिक्षा र स्वास्थ्यमा धनी र गरिबका बीचमा विभेद भएकाले अन्त्य हुनुपर्ने बताउनुभयो ।

धनीका छोराछोरीहरूले शिक्षा र स्वास्थ्यमा प्रशस्त अवसरहरू पाएको भए पनि गरिबहरूले यस्तो अवस्थाबाट वञ्चित हुनुपरेको उहाँले बताउनुभयो । सबैले विना भेदभाव सर्वसुलभ रूपमा स्वास्थ्योपचार र शिक्षा पाउनुपर्ने उहाँले बताउनुभयो ।

‘शिक्षा र स्वास्थ्यको क्षेत्रमा अथाह विभेद छ, हुनेखानेका छोराछोरी ठूल्ठूला स्कुलमा, ठूल्ठूला अस्पतालमा, विदेशमा र हुँदा खानेका छोराछोरी ग्रामीण स्कुलमा पढ्न नपाएर शिक्षाबाट पनि वञ्चित भएको अवस्था छ,’ उहाँले भन्नुभयो, ‘उपचारमा पनि त्यस्तै छ, यो व्याप्त विभेदहरूको अन्त्य हुनुपर्छ ।’

उपराष्ट्रपति पुनले कुष्ठरोग प्रभावित सबै व्यक्तिहरू प्रति समान भाव व्यक्त गर्न र सहयोग गर्न पनि आग्रह गर्नुभयो । कुष्ठरोगको निर्मुल र प्रभावकारी उपचारका लागि उहाँले नेपाल सरकारको ध्यानाकर्षण गराउनुभयो ।