काठमाडौं । विश्वविद्यालय अनुुदान आयोगले काठमाडौं बर्नहार्ट कलेजलाई संस्थागत गुुणस्तर सुुनिश्चितता तथा प्रत्ययन (क्यूएए) प्रमाणपत्र प्रदान गरेको छ ।
काठमाडौं बर्नहार्ट कलेजले पत्रकार सम्मेलन आयोजना गरेर प्रमाण पत्र प्रदान गरेको जानकारी गराएको हो ।
कलेजका प्रमुख सहदेव सिग्देलले निजी कलेजले क्यूएए प्रमाणपत्र प्राप्त गर्नु खुशीको कुरा भएको बताए ।
यो प्रमाणपत्र पाँच वर्षका लागि प्रदान गरिएको हो । पाँच वर्षको अवधिभित्र पनि आयोगले विद्यालयको गुणस्तरीयता मापनका लागि अनुगमन गर्छ ।
क्यूएए प्रक्रियामा सामेल भइ गुुणस्तर परीक्षण कार्य सम्पन्न गरेका क्याम्पसलाई आयोगले प्रमाणपत्र दिँदै आएको छ ।
अनुुदान आयोगका अनुुसार हालसम्म देशभरिका सरकारी, सामुुदायिक तथा निजीस्तरका ४० वटा शैक्षिक संस्थाले क्यूएए प्रमाणपत्र पाइसकेका छन् ।
नेपालमा हाल त्रिभुवन विश्वविद्यालयसहित ११ वटा विश्वविद्यालय एवं विदेशी विश्व विद्यालयको सम्बन्धनमा चलेकासहित १ हजार ५ सय ९ शैक्षिक संस्था छन् ।
ती मध्ये त्रिविका १८ वटा विभाग, ३९ वटा आंगिक क्याम्पस, १ सय ३५ सामुदायिक क्याम्पस, ७९ निजी क्याम्पससहित २७१ वटा शैक्षिक संस्था क्युएए प्रक्रियामा आवद्ध भइसकेका छन् ।
नेपालमा सन् १९९० को राजनीतिक परिवर्तनसँगै तत्कालीन सरकारले सन् १९९३ मा विश्वविद्यालय अनुुदान आयोग गठन गरी नेपालको उच्च शिक्षाको मापन र सुुधारका प्रयास थालेको हो ।
उच्च शिक्षा सुुधारका लागि विश्व बैंकको सहयोगमा सन् १९९७ देखि सन् २००२ सम्म पहिलो र सन् २००७ देखि सन् २०१४ सम्म दोस्रो उच्च शिक्षा सुुधार परियोजना सम्पन्न भइसकेको छ भने तेस्रो उच्च शिक्षा सुुधार परियोजना सन् २०१४ मा सुुरू भइ सन् २०२० मा सम्पन्न हुुनेछ ।
विश्वविद्यालय अनुुदान आयोगको क्यूएए विभागले नेपालका उच्च शैक्षिक संस्थामा गुुणस्तर कायम र सुुधार प्रक्रिया गराई गुुणस्तरको प्रमाण–पत्र प्रदान गर्न सहजीकरण गर्दै आएको छ ।
विश्वविद्यालय अनुुदान आयोगको उच्च शिक्षासम्बन्धी गुुणस्तरको मापदण्ड पूरा गरी उच्च शिक्षा प्रदान गर्ने सरकारी, सार्वजनिक वा निजी विश्वविद्यालय, क्याम्पसलाई क्यूएए प्रदान गर्दै आएको छ ।
अनुुदान आयोगले गुुणस्तर सुुनिश्चिता प्रत्यायन समिति बनाइ मूल्यांकन गर्दै आएको छ ।
क्यूएए प्रक्रियामा जाने स्वीकृति एलओआई पाइसकेका संस्थाले दोस्रो चरणमा प्रवेश गरी स्वअध्ययन प्रतिवेदन (एसएसआर) प्रतिवेदन अनुुदान आयोगमा बुुझाउनुुपर्छ ।
आयोगले एसएसआर प्रतिवेदन विज्ञहरूको मूल्यांकन टोली पियर रिभ्यू टिम (पीआरटी) खटाउँछ । एसएसआर प्रतिवेदनका आधारमा शैक्षिक संस्थाको भ्रमण गरी संस्थाको प्रमाणीकरण गरिन्छ ।
विज्ञहरूको मूल्यांकन टोलीको सिफारिसका आधारमा आयोगको बैठकले क्यूएए प्रमाणपत्र दिने गर्दछ ।
नीति नियम, पाठ्यक्रम सम्बन्धी पक्ष, पढाई सिकाई र मूल्यांकन प्रणाली, अनुसन्धान, परामर्श, भौतिक पूर्वाधार र सिकाईका स्रोत, विद्यार्थी हित र दिशानिर्देश, सूचना प्रणाली, सार्वजनिक सूचना वितरण प्रणालीलाई मूल्यांकनका आधार आयोगले बनाएको छ ।









प्रतिक्रिया दिनुहोस्