Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने मन्त्रीको चेतावनी


0
Shares

काठमाडौं, फागुन २४ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अत्यावश्यक वस्तुमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

ईमेज समाचारसँग कुरा गर्दै उनले सरकारसँग पर्याप्त सामग्री भएकाले आतंकित हुनु नपर्ने भन्दै उपभोक्ताले कालोबजारी भएको जानकारी गराउनसमेत आग्रह गरे ।

मन्त्री भट्टले खाद्यान्न, पेट्रोलियम पदार्थजस्ता अत्यावश्यक वस्तुको कुनैपनि अभाव नहुने भन्दै अहिले नुन, तेल, ग्यासलगायत केहीको पनि अभाव नभएको स्पष्ट पारे ।

‘कोरोना’को त्रासका कारण अहिले नै खाद्यान्नलगायत अत्यावश्यक वस्तुको अभाव हुन्छ भनेर आत्तिहाल्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे ।

मन्त्री भट्टले वाणिज्य विभाग र औषधि विभागले एकीकृतरुपमा बजारको अनुगमन गरिरहेको जानकारी दिँदै आगामी ६ महिनाको लागि पुग्ने औषधिको मौज्दात रहेको बताए ।