Logo २० असार २०८३, शनिबार | Sun Jul 5 2026


रसुवामा फेरि हिमपात


0
Shares

रसुवा, फागुन २४ । लगातारको वर्षाका कारण रसुवाका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको छ ।

जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको छ ।

बिहीबारदेखि मौसममा आएको परिवर्तनसँगै शुक्रबार राति र शनिबार उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो ।

रसुवाका लाङटाङ, क्यान्जिङ, गोसाइँकुण्ड, यार्सा, गत्लाङ, नागथलीलगायतका क्षेत्रमा हिमपात भएको जनाइएको छ ।