अर्घाखाँची । एउटा चितुवा पासोमा परेको छ ।
जंगली बदेलले आतंक मच्चाएपछि भुमेकास्थान नगरपालिका धनचौरका किसानले बदेल नियन्त्रणका लागि थापेको पासोमा चितुवा परेको छ ।
पछिल्लो ६ वर्षमा २४ जना बालबालिकामाथि चितुवाले आक्रमण गरिसकेको छ भने १८ जनाको ज्यान गएको ।
डिभिजन वन कार्यालय अर्घाखाँचीको टोली, प्रहरी र स्थानीयको पहलमा चितुवा नियन्त्रणमा लिइएको हो । चितुवाको पुच्छरमा चोट लागेको छ ।
चितुवालाई अहिले डिभिजन वन कार्यालयको मातहतमा राखेर उपचार भइरहेको बताइएको छ । करीव ६० केजीको रहेको चितुवाको उमेर भने ५ वर्ष रहेको अनुमान गरीएको छ ।









प्रतिक्रिया दिनुहोस्