Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


निप्पोन पेन्ट नेपालको सवारी–साधन पेन्टको बजारमा प्रवेश


0
Shares

काठमाडौं, फागुन २३ । निप्पोन पेन्ट नेपालको सवारी–साधन पेन्टको बजारमा प्रवेश गरेको छ ।

कारोबारको आधारमा एसियामा अग्रणी रङ उत्पादक निप्पोन पेन्टले नेपालको सवारी–साधन खरिदपछिको बजारमा आफ्ना रङहरू उपलब्ध गराउने योजना घोषणा गरेको छ ।

बजार प्रवेशका अवसरमा कम्पनीको ग्रुप अटोमेटिभ रिफिनिसेसका व्यावसायिक प्रमुख तथा भारतीय सञ्चालनका अध्यक्ष शरद मल्होत्राले निप्पोन पेन्टले सवारी–साधनहरूको बाह्य सतहलाई परिपूर्ण तुल्याउनका लागि जापानबाट नेपालमा नवीतम् पेन्ट प्रविधि ल्याएको उल्लेख गरे ।

आउँदो केही महिनाभित्रमा कोटिङका अलावा कारको हेरचाह तथा काठको बाहिरको लागि उत्पादनहरू ल्याउने कम्पनीले जनाएको छ ।

नेपालमा दीर्घकालीन उपस्थिति जनाउनु आफूहरुको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

Skip This