Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


आज संसद बैठक, नेपाली भूभागमा रहेका भारतीय सेना हटाउन संकल्प प्रस्ताव पेश हुनसक्ने


0
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा नेपाली भूभागमा रहेका भारतीय सेना हटाउन संकल्प प्रस्ताव पेश हुने सम्भावित कार्यसूची छ ।

नेकपाका सांसद खगराज अधिकारीले नेपालको भूभाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक रहेको भन्ने विषयको संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जारी गरेको सम्भावित दैनिक कार्यसूचीमा उल्लेख छ ।

यो प्रस्तावको सांसद रामकुमारी झांक्रीले समर्थन गर्नुहुने कार्यसूचीमा उल्लेख छ ।

यस्तै बैठकमा कांग्रेस सांसद गगन थापाले कोरोना संक्रमणको जोखिमबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।