 
	    एजेन्सी । महिला टी–ट्वेन्टी विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्ने भएका छन् ।
फाइनल खेल अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा भोलि हुनेछ ।
वर्षाले प्रभावित दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले डीएल मेथडका आधारमा दक्षिण अफ्रिकालाई ५ रनले पराजित गर्दै विश्वकपको फाइनलमा स्थान बनायो ।
चार पटकको च्याम्पियन अष्ट्रेलियाले छैटौ पटक विश्वकपको फाइनलमा स्थान बनाएको हो ।
उसको प्रतिद्वन्द्वी भारत भने सेमफिाइनल खेल नखेली फाइनलमा प्रवेश गरेको हो ।
भारत र इङ्ल्याण्डबीच पहिलो सेमिफाइनलको खेल वर्षाले रद्द भएपछि समूह चरणमा गरेको प्रदर्शनको आधारमा भारत फाइनलमा पुगेको हो ।
समूह चरणमा भारतले सबै खेलमा जित निकाल्दै अंक तालिकामा शीर्ष स्थान ओगटेको थियो ।
भारत महिला टी–ट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा पुगेको यो पहिलो अवसर हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्