Logo २८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026


होली नखेल्न जिप्रका काठमाडौंको उर्दी


0
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली लगायतका कार्यक्रम नगर्न अनुरोध गरेको छ ।

विश्वभरि फैलिरहेको कोरोना भाइरसको महामारी संक्रमणबाट बच्‍न जिल्ला प्रशासन काठमाडौंले अनुरोध गरेको हो ।

 छिमेकी राष्ट्र चीन हुँदै विश्वभरि महामारीको रुपमा फैलिँदै गरेको कोराना भाइरस (कोभिड १९)बाट नेपाल उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य संगठनबाट प्रतिक्रिया व्यक्त भएको तथा नेपाल सरकारले समेत यसको संक्रमणबाट जोगिन सचेतना अपनाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलनजस्ता कार्यक्रमहरु नगर्न अनुरोध गरिसकेको सन्दर्भमा काडमाडौं जिल्लामा अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, होलीलगायतका पर्वहरुमा सहभागी नहुन अनुरोध गर्दछ, जिल्ला प्रशासन काठमाडौंले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गत डिसेम्बरबाट चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको महामारी विश्वभरि फैलिसकेको छ ।

दक्षिण कोरिया, इरान र इटालीमा चीनभन्दा पनि तीव्र गतिमा संक्रमण फैलिएपछि नेपाल सरकार यसतर्फ सचेत भएको छ।