Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


कम्युनिष्ट नेता कृष्णराज बर्माको निधन


130
Shares

काठमाडौं । वरिष्ठ कम्युनिष्टका नेता कृष्णराज बर्माको निधन भएको छ ।

ह्याम्स अस्पतालमा आइतबार साँझ बर्माको निधन भएको हो ।

छातीमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका बर्मालाई निमोनिया भएको थियो । ९३ वर्षीय बर्माको आईसीयूमा उपचार भइरहेको थियो ।

२००७ सालको राणा विरोधी आन्दोलनमा उहाँ सप्तरीको हनुमाननगर क्षेत्रको मोर्चामा खटिनु भएको थियो । पञ्चायत अन्त्य गर्ने २०४६ सालको जनआन्दोलनमा बर्मा नेतृत्वको नेकपा वाम मोर्चाको एक घटक थियो ।

उहाँको आइतबार नै पशुपत आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बर्माका श्रीमती, ३ छोरा, ४ छोरी छन् ।