Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


श्रम स्वीकृति रोकिएको छैन : विभाग


0
Shares

काठमाडौं, फागुन २१ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिका सम्पूर्ण प्रक्रिया कोरियाबाहेक अन्य देशमा नरोकिएको जनाएको छ ।

‘कोरोनाभाइरस’को सन्त्रास फैलिएपनि विभिन्न देशमा कामदार गइरहेका र पहिलेकै जस्तै गरी नै श्रम स्वीकृति प्रदान गरिइरहेको विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।

परराष्ट्र र श्रम मन्त्रालयमार्फत् निर्देशन आउनुपर्ने भएपनि नआएका कारण श्रम स्वीकृति नरोकिएको दाहालले बताए ।

सर्वाेच्च अदालतले पाँचओटा देशमा श्रम स्वीकृति रोक्नको लागि ‘स्टे अर्डर’ जारी भएपनि अहिलेसम्म कोरियाबाहेक कुनैपनि देशको श्रम स्वीकृति रोकिएको छैन ।

विभागले कोरिया जाने कामदारहरुको एक हप्ता समय थप गराएको थियो । सोपश्चात् पुनः समयावधि थप गर्न माग गरिएको विभागले जनाएको छ ।

यसअघि नै कतार तथा अन्य मुलुकहरुमा समेत कोरोनाको संक्रमण फैलिएको छ । तर, निर्देशन नआएका कारण विभागले श्रम स्वीकृति रोकेको छैन ।

यद्यपि, विभागले विभिन्न देशमा रहेका नेपालीहरुको अवस्था भने आत्तिनुपर्ने नरहेको जनाएको छ ।

उद्धार गर्नुपर्ने अवस्था आएमा सोहीअनुसार नै काम गर्ने पनि विभागले जनाएको छ ।