काठमाडौं, फागुन २१ । दोस्रोपटक अर्थमन्त्री बनेका डा. युवराज खतिवडालाई सेयरबजारले भने स्वागत गरेन ।
खतिवडाले शपथ नलिँदै नेप्सेमा ६८ अंकको पहिरो गयो । कारोबार रकम पनि खुम्चियो ।
बुधबार उतार–चढावबीच बजार परिसूचक नेप्से ६८ अंकले ओरालो लागेर १४ सय ४१ मा आइ थामियो । कारोबार भने तीन अर्ब हाराहारीमा भयो ।
यसदिन कारोबार भएका सबै समूह ओरालो लागे । जीवन बिमा समूहमा सबैभन्दा उच्च ४५६ अंक अनि निर्जीवन बिमा समूहमा पनि ४०६ अंकको गिरावट आयो ।
लघुवित्त समूह पनि १ सय ४८ अंकले ओरालो लाग्यो । उत्पादनमूलक समूहमा ८८ अंक, होटल समूहमा ८० अंक अनि विकास बैंक समूहमा पनि ७२ अंकको गिरावट आयो । वाणिज्य बैंक समूह पनि ६० अंकले झर्यो । जलविद्युत्, अन्य र वित्त समूह पनि दोहोरो अंकले ओर्लिए ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७४ कम्पनीको ६७ लाख ७१ हजार कित्ता सेयर दुई अर्ब ९० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्