Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


काभ्रेमा ४० जना किशोरीहरु आत्मरक्षा तालिममा सहभागी


0
Shares

काभ्रे । काभ्रेको नमोवुद्ध नगरपालिकाले ४० जना किशोरीहरुका लागि आत्मरक्षा तालिम दिएको छ ।

नमोबुद्ध नगरपालिका ८ मा रहेको दाप्चा माध्यमिक विद्यालयमा ३ दिनसम्म तालिम दिईने छ । नमोबुद्ध नगरपालिका वडा नमबर १, ७, ८, ९ र १० का विभिन्न पाँच वटा विद्यालयका ४० जना किशोरीहरु तालिममा सहभागी भएका छन् । लैंगिक हिंसा न्यूनिकरण गर्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको हो ।

तालिममबाट किशोरीहरुले कुनै पनि दुव्र्यवहार भएमा प्रश्न उठाउन सक्ने, व्यक्तिले आफूलाई गरेको व्यवहार चित्त नबुझेमा त्यसको तत्काल प्रतिवाद गर्नसक्ने, दुव्र्यवहार भएमा स्थानीय तह वा प्रहरी सक्षम गएर उजुरी गर्न सक्ने शिप र तरिका सिक्ने छन् ।

त्यस्तै कानूनी व्यवस्था लगायतका विषयमा पनि जानकार बनाउने उद्देश्य पनि लिइएको छ ।

Skip This