काठमाडौं, साउन २४ । सरकारले सात प्रदेशका ४२ हजार युवालाई छोटो अवधिको सीप विकास तालिम दिने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा व्यावसायिक शिक्षा तथा तालिम परिषद (सीटीईभीटी) ले उक्त तालिम सञ्चालन गर्न लागेको हो ।
छोटो अवधिको तालिममा सातै प्रदेशमा ६–६ हजार युवालाई सहभागी गराइने भएको छ । तालिम सञ्चालन गर्न मन्त्रालयले सीटीईभीटीलाई ७५ करोड रुपैयाँ उपलब्ध गराएको छ ।
तालिम असोज महिनाबाट सञ्चालन हुने भएको छ । –नेपाल समाचारपत्र दैनिकबाट




प्रतिक्रिया दिनुहोस्