Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


देउवाले एकलौटी गरेको भन्दै इतर समूहका नेताहरुले गरे छुट्टै भेला


0
Shares

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा पार्टीका केन्द्रीय विभाग र आमन्त्रित केन्द्रीय सदस्यहरुको मनोनयन गरेको भन्दै इतर समूह छलफलका लागि जुटेका छन् ।

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा चलिरहेको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेताहरु अर्जुननरसिंह केसी, डा। मिनेन्द्र रिजाल, दिपक गिरी, सरिता प्रसाईं, बद्रि पाण्डेसहित विभिन्न जिल्लाका सभापतिहरु सहभागी छन् ।

१४ औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेपछि पनि पार्टीका केन्द्रीय विभाग गठन गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको पौडेल समूह बुधबार बिहान चाक्सीबारीमा गुटगत छलफलमा जुटेको हो ।