 
	    काठमाडौं । कोरोना भाइरसको संक्रमण नफैलियोस भन्ने उद्देश्यले इरानले ५४ हजारभन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरिदिएको छ ।
इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीले परीक्षणबाट कोभिड–१९ नभएको पुष्टि भएपछि जमानत लिएर उनीहरूलाई केही दिनका लागि छाडिएको बताए ।
पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएका ‘सुरक्षासँग सम्बन्धित कैदीहरू’लाई भने छाडिएको छैन ।
कोरोनाका कारण इरानमा दुई साताभन्दा कम समयमा कम्तिमा ७७ जनाको ज्यान गइसकेको छ ।
इरानी अधिकारीहरूले मङ्गलवार लगातार दोस्रो दिन सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या ५० प्रतिशतभन्दा बढी भएको बताएका छन् । (एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्