Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


आयोगद्वारा स्थानीय निर्वाचनका लागि मतदाता नामावलीमा दावी विरोध गर्न आह्वान


169
Shares

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि आज शुक्रबारदेखि मतदाता नामावलीमा दावी विरोध आह्वान गरेकोछ

। देशका ७७ वटै जिल्ला निर्वाचन कार्यालयमा शुक्रबारदेखि ७ दिनसम्म दावी विरोधका लागि निवेदन दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । आयोगले तोकेका अधिकारीहरुले ती उजरी उपर छानबिन गरी मतदाता नामावलीबाट नाम हटाउन सक्नेछन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उक्त समयसीमाभित्र मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्र कायम गर्न पनि निवेदन दिन पाइने छ ।

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ ।

Skip This