३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


ट्रेड युनियन कांग्रेसको मतदान सम्पन्न


0
Shares

काठमाडौं, असार १ । नेपाल ट्रेड युनियन कांग्रेसको नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान सम्पन्न भएको छ ।

छैटौं राष्ट्रिय महाधिवेशनकाक्रममा १७ पदाधिकारीसहित ४१ सदस्यीय कार्यसमिति चयनका लागि मतदान भएको हो । शुक्रबार दिउँसोदेखि सुरु भएको मतदान साँझ सकिएको हो ।

निर्वाचनमा १४२० मतदाता रहेकामा १३९६ मत खसेको जनाइएको छ ।

निर्वाचनमा संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट पक्षले आ–आफ्नो समूह बनाएका थिए ।

संस्थापन पक्षबाट खिलानाथ दाहाल र पौडेल पक्षबाट पुष्कर आचार्यको समूहबीच प्रतिस्पर्धा छ । दाहाल वर्तमान अध्यक्ष हुन् भने आचार्य यसअघि पराजित भएका थिए ।

मतगणना शुक्रबारै रातिदेखि सुरु गर्ने जनाएको छ ।

दाहाल नेतृत्वमा संस्थापन पक्षबाट वरिष्ठ उपाध्यक्षमा अयोध्याप्रसाद यादव, उपाध्यक्षहरुमा बमबहादुर बिसी, डीपी अर्याल, शंकर लामिछाने, युवराज लामा, नुरमहम्द रैन र महिला उपाध्यक्षमा कल्पना अधिकारी उम्मेदवार छन् ।

यस्तै, महासचिवमा सञ्जय मिश्र, उपमहासचिवहरुमा जनार्दन निरौला, काजीमान श्रेष्ठ, रन्जन थापा, धीरेन्द्र सिंह, आत्मराम पौडेल र महिला उपमहासचिवमा कमला लामिछाने, कोषाध्यक्षमा ऋसवदेव घिमिरे र सहकोषाध्यक्षमा ताराकुमारी राई रहेका छन् ।

त्यस्तै, आचार्य नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव, उपाध्यक्षहरुमा तेजेन्द्रजंग कार्की, अजयकुमार राई ललित श्रेष्ठ, आशासिंह राठौर, उपाध्यक्षमा नेत्रविक्रम थापा र महिला उपाध्यक्षमा इन्दिरा सापकोटा उम्मेदवार छन् ।

यस्तै, महासचिवमा योगेन्द्रकुमार कुँवर, उपमहासचिवहरुमा गणेशबहादुर केसी, ज्योति कोइराला, राजेश पालिखे, ईश्वरबहादुर परियार, सीताराम अवस्थी, महिला उपमहासचिवमा राधिका कुइँकेल, कोषाध्यक्षमा मोहनकुमार बस्नेत र सहकोषाध्यक्षमा सुशीला घिमिरे प्रतिस्पर्धामा छन् ।