Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


सञ्चारकर्मी सम्मानित


0
Shares

काठमाडौं, फागुन १७ । नेवाः प्रेस दबु नेपाःले अग्रज सञ्चारकर्मीहरुलाई शनिबार सम्मान गरेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा सम्मानित हुनेहरुमा वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकार, मदनदास श्रेष्ठ र राजाराम श्रेष्ठ छन् ।

यस्तै सञ्चारगृहका तर्फबाट न्यू प्रेस्टिज नेपालका नरेन्द्र राजभण्डारी, उज्यालो नेट्वर्कका मन्देश्वरी राजभण्डारी र नेपाल मण्डल टेलिभिजनका रमेश महर्जन पनि सम्मानित भएका हुन् ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र नेवाः प्रेस दबु नेपाःका अध्यक्ष नरेन्द्र श्रेष्ठले संयुक्तरुपमा उनीहरुलाई सम्मानित गरेका हुन् ।