Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


कोरोना भाइरसबारे गम्भीर हुन ट्रेड युनियन कांग्रेसको आग्रह


0
Shares

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले कोरोना भाइरसबाट आफ्ना नागरिकलाई सुरक्षित राख्न सरकार गम्भीर हुन आग्रह गरेका छ ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विश्वलाई नै आतंकित बनाईरहेको महामारीपछि विश्व स्वास्थ्य संगठनले समेत संकटकाल घोषणा गरिसकेकाले गम्भीर हुन आग्रह गरेको हो ।

शुरुमा चीनको वुहान प्रान्तमा देखपरेको भाइरस अहिले विश्वभर फैलिदै हजारौं मानिस प्रभावित भई सयौंको ज्यान लिइसकेको वर्तमान अवस्थामा नेपाल समेत उच्च जोखिममा पर्नसक्ने सम्भावना रहेकोले सरकार तत्काल गम्भीर हुनुपर्छ ।

यस महामारीले सबैभन्दा बढी श्रमिकहरु प्रभावित भैरहेकोले नेपाली कामदारहरुको बाहुल्य रहेको जापान,दक्षिण कोरिया लगायत केहि खाडी मुलुकहरूमा समेत फैलिरहेकोले जिडिपिको ठुलो हिस्सा रेमिट्यान्स पठाउने आफ्ना नागरिकहरुको स्वास्थ्य सुरक्षामा तत्काल कदम चाल्न आग्रह गर्नुकासाथै आफ्नो अवस्थाकोबारे सम्बन्धित दूतावास र साथीभाईहरुलाई जानकारी गराउन नेपाली कामदारहरुलाई महासचिव योगेन्द्र कुवर हस्ताक्षरित विज्ञप्तिमा उल्लेख  छ ।