Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


चन्द माओवादीका प्रवक्ता विश्वकर्मा पक्राउ


0
Shares

अपडेटः

काठमाडौं, साउन २३ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोेले मंगलबार काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको हो ।

उनीसन्गै कपिलवस्तुका मनबहादुर श्रेष्ठ र कालिकोटका हरिचन्द्र आचार्य पनि पक्राउ परेका जनाइएको छ ।

उनीहरुमाथि उद्योगी–व्यापारीहरुलाई धम्क्याएर ७ करोड रुपैयाँ चन्दा असुली गरेको आरोप लगाइएको छ ।

विश्वकर्मा २०६५ सालमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्रीसमेत थिए ।

माओवादी पार्टी विभाजनमा वैद्य समूहमा लागेका उनी पछि चन्दतिर लागेका थिए । हाल उनी सो पार्टीको प्रवक्ता छन् ।

यसैबीच, काठमाडौं जिल्ला अदालतले बुधबार विश्वकर्मालगायतलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।