Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


विरोध गर्ने तर सरकारमा बसिरहने प्रवृत्ति गलत : मन्त्री झाँक्री


1.2k
Shares

चितवन, फागुन ११ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पार्टीलाई दोधारे नबन्न आग्रह गर्नुभएको छ ।

बुधबार पार्टीको चितवन शाखामा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री झाँक्रीले सरकारले ल्याएको एजेन्डामा विरोध गर्ने तर सरकारमा बसिरहने प्रवृत्ति गलत भएको भन्दै एउटा रोजेर अघि बढ्न आग्रह गर्नुभयो ।

केपी शर्मा ओलीले गठवन्धनबाट एकीकृत समाजवादी र माओवादीलाई हटाए एमसीसीमा मत हाल्छौँ भन्दा पनि जनमत राष्ट्रवादी बनिरहने अनि आफूहरु सत्तामा बस्ने एमसीसीको विरोध गरेर ढुँगा हान्न जाँदा राष्ट्रवादी भइने जस्तो विरोधाभाषपूर्ण अवस्थामा बस्नुभन्दा एउटा निर्णयमा पुग्न उहाँको शीर्ष नेतृत्वलाई आग्रह थियो ।