Logo १० कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026


गैरआवासीय राजदूत नियुक्त


0
Shares

काठमाडौं, साउन २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्टे«लियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई गणतन्त्र फिजीको गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

त्यसैगरी, उनले इजिप्ट र अष्ट्रियाका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्याल र प्रकाशकुमार सुवेदीलाई क्रमशः लिबिया र स्लोभेनियाका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गरेकी हुन् । रासस

Skip This