Logo २७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026


बादी, दलित र पीछडा वर्गको छुट्टाछुट्टै उत्थान विकास समिति बनाउने सरकारको तयारी


91
Shares

काठमाडौं, फागुन ८ । सरकारले बादी, दलित र पीछडा वर्गको छुट्टाछुट्टै उत्थान विकास समिति बनाउने तयारी गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले पछाडि परेका ती समूदायहरुको हक, हित, अधिकारसहितको समग्र उत्थानका लागि वादी उत्थान विकास समिति, दलित उत्थान विकास समिति र पीछडा वर्ग उत्थान विकास समिति स्थापनाका लागि मन्त्री परिषदमा प्रस्ताव पेश गरिएको जानकारी दिनुभएको हो ।

राष्ट्रिय समावेशी आयोग दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले दलित आयोग भएपनि उनीहरुको समग्र उत्थानका लागि विकास समितिनै उपयुक्त हुने भएकाले आफूले दलितहरुको पनि उत्थान विकास समिति बनाउने प्रस्ताव मन्त्रीपरिषदमा लगेको तर्क गर्नुभयो । मन्त्री श्रेष्ठले ती प्रस्तावहरु मन्त्रिपरिषदको प्रशासन समितिमा छलफल भईरहेको र छिट्टै मन्त्रीपरिषद बैठकबाट पारित हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

मन्त्री श्रेष्ठले खस–आर्य समुदायले पनि छुट्टै आयोग बनाउनका लागि आफू समक्ष प्रस्ताव गरेको र त्यस विषयमा पनि छलफल भईरहेको बताउनुभयो ।