Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


एमसीसी प्रतिनिधिसभाको कार्यसूचीमा राखियो


429
Shares

काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था समितिको बैठक सकिएको छ । प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता टेबल हुने भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णय गरेको संघीय संसद सचिवालयले जानकारी दिएकाे छ ।

समितिमा नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुले अहसमति जनाए पनि प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल हुने कार्यसूची तय भएको हो । बैठकमा माओवादी केन्द्रका प्रतिनिधिहरु प्रमुख सचेतक देव गुरुङ, रेखा शर्मा र जयपुरी घर्तीले लिखित असहमति प्रस्तुत गरेका छन् ।