Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


नयाँबानेश्वरमा तनाव, प्रहरीद्वारा प्रदर्शनकारीमाथि पानीको फोहरा


806
Shares

काठमाडौं । एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले निषेधित क्षेत्र तोडेपछि काठमाडौंको नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण भएको छ ।

आइतबार १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारले एमसीसी टेबल गर्न लागे पछि त्यसैको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहराले हानेको छ ।

प्रहरीले सडकमा लगाएको बार हटाएर प्रदर्शनकारी अघि बढेका छन् । त्यसपछि प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा समेत छाडेको थियो । केहीबेर प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी समेत भएको थियो ।

नयाँबानेश्वर क्षेत्रमा गरिएको विरोध प्रदर्शनका कारण काठमाडौंको यातायात आवागमन प्रभावित भएको छ ।