काठमाडौं । लामो समयदेखि संसदमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने आजको बैठकमा पनि आफ्नो अबरोध कायमै रहने जनाएको छ ।
आफ्ना मागमा सत्ता गठबन्धन र सभामुखले सुनुवाइ नगरेको भन्दै एमालेले संसदका कुनै पनि प्रक्रियामा भाग नलिने जनाएको हो ।
सधै झै नारावाजी गर्ने पुरानो निर्णय यथावत रहेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभएको छ ।
आफूहरलाई संसदीय कामकारबाहीमा भाग लिने वातावरण सभामुख र सत्तारुढ गठबन्धनले नबनाएको आरोप भट्टराईको छ ।
अघिल्लो पटक आफू सरकारमा हुँदा संसदमा दर्ता गराएको एमसीसीको प्रस्ताव सदनमा टेबल गर्ने निर्णय सत्तागठबन्धन गरे पनि एमालेले संसद चल्न नदिने निर्णय कायमे राखेको हो ।
यसैगरी, कार्यव्यवस्था परामर्श समितिको बैठक पनि एमालेले बहिष्कार गरेको छ ।









प्रतिक्रिया दिनुहोस्