उदयपुर । सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमले विद्यार्थीमा उत्साह जागेको छ ।
भोकका कारणले दिन भरी विद्यालय बस्न नसक्ने, विद्यालय छोडेर हिड्ने, विद्यालय नआउने क्रम अहिले रोकिएको छ ।
चौदण्डीगढी नगरपालिकाभित्रका ४८ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालविकास केन्द्रदेखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको नगर शिक्षा विज्ञ राजकुमार ओझाले जानकारी दिए ।
विपन्न दलितका लागि भनिए पनि कक्षा ५ सम्म अध्ययन गर्ने ४ हजार बालबालिकाहरु लाभान्वित भएका छन् ।
पहिलो चरणमा ९३ दिनका लागि प्रतिदिन खाजा बापत दस रुपैया का दरले ३५ लाख निकासा गरिएको नगरपालिकाले बताएको छ ।
अधिकांश दलित, विपन्न र लोपोन्मुख वर्गका विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको थियो ।









प्रतिक्रिया दिनुहोस्