काठमाडौं, फागुन १४ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ट्रष्टको सम्पत्ति प्रयोगबारे आफ्नो पालामा कुनै निर्णय नभएको दाबी गरेका छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै उनले निवर्तमान सन्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटासँग जोडिएको अर्बौंको भ्रष्टाचार लुकाउन र ध्यान मोड्न सरकारले नेपाल ट्रष्टको कुरा उठाएको जिकिर गरे ।
सभापति देउवाले सरकारले श्वेतपत्र जारी गरेर हुँदै नभएको भ्रम छर्न खोजेको भन्दै आपत्तिसमेत जनाए ।
नेपाल ट्रष्ट २०६४ देखि अविछिन्न उत्तराधिकारवाला संस्था रहेको भन्दै यसमा कुनै व्यक्ति वा पात्रलाई जोड्नु गम्भीर गल्ती भएको उनको भनाइ छ ।
कांग्रेस सभापति देउवाले सरकार एकपछि अर्को ‘कमिसन’काण्डमा फस्दै गएको भन्दै त्यसविरुद्ध खबरदारी गर्न नागरिकसँग विज्ञप्तिमार्फत् अपिल गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्