
काठमाडौं । धादिङ्गको सिद्धलेक गाउँपालिका–१ बुङचुङमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलायात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
नालाङबाट फुर्केखोला तर्फ जादैँ गरेको बा ३४ प ५०५२ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय अन्दाजी ५० बर्षीया मुक्ति प्रसाद सिग्देलको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक नेपाल प्रहरीबाट सेवा निवृत्त प्रहरी निरीक्षक रहेका खुल्न आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्