Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


सत्तारुढ गठबन्धन दलको बैठक आज पनि बस्दै

एमसीसीको विवादले सत्ता गठबन्धन धरापमा

260
Shares

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज शुक्रबार पनि बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बिहान १० बजेका लागि बोलाइएको बैठकमा बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा टेबल गर्ने/नगर्ने विषयमा निर्णय हुने नेताहरुले बताएका छन् ।

यसअघि, बिहीबारको बैठकमा सहमति नभएपछि बैठक शुक्रबारका लागि बोलाइएको हो ।

एमसीसीबारे अन्तिम निर्णय गर्ने समयसीमा साँघुरिँदै जाँदा पनि दलहबीच त्यसबारे सहमति नभएपछि नेताहरू पटक पटक छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेबल गरेरै संसदीय प्रक्रियाबाट टुंगो लगाउनुपर्नेमा जोड दिनुभएको छ । तर, नेकपा माओवादसहितका दलहरुले सहमतिबिना एमसीसी पेश गर्न नहुने अडान दोहोर्‍याएका छन् । ती दलले एमसीसीमा उल्लेख भएका केही बुँदा संशोधन भएमात्र संसदमा पेश गर्न सकिने अडान राख्दै आएका छन् ।

यस्तै, माओवादी केन्द्रले भने एमालेले जारी राखेको संसद अवरोध हटेपछि मात्र एमसीसी पेश गर्नुपर्ने अडान दोहोर्‍याएको छ । नेकपा एकीकृत समाजवादीले भने यसबारे ठोष निर्णय गर्न सकेको छैन । माओवादी केन्द्रले यथास्थितिमा एमसीसी टेबल भए सरकार छाड्ने यसअघि नै निर्णय गरिसकेको छ ।