धनकुटा । धनकुटा वहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरु चरणवद्ध आन्दोलनमा उत्रिएका छन् ।
लामो समयदेखि आंशिक दरवन्दीमा कार्यरत प्राध्यापकहरुले क्याम्पस प्रशासनले करार सेवामा लैजानका लागि आवश्यक पहल गर्न चरणवद्ध आन्दोलनमा उत्रिएको जनाएका छन् ।
आंशिक प्राध्यापकहरुले निकालेको विज्ञप्ती अनुसार लामो समयदेखि अनवरत आंशिक प्राध्यापकको रुपमा अध्यापन गराउँदै आएको, श्रमको सही मूल्यांकन नगरिएको, पेशागत सूरक्षाको ग्यारेण्टी नभएको विज्ञप्तीमा उल्लेख छ ।
प्राध्यापकहरुले पहिलो चरणको विरोधस्वरुप आज पेन डाउन गर्ने बताएका छन् । उनीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने सम्मको रणनीति बनाएका छन् ।









प्रतिक्रिया दिनुहोस्