काठमाडौं । भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्न आज(बुधबार) बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर गएकाले बैठक बस्न नसकेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता नै नभएपछि परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक स्थगित गरेका हुन ।
यसअघि दीपकराज जोशीको नाम प्रधानन्यायाधीशमा सिफारिस भएकामा संसदीय सुनुवाइ समितिको दुईतिहाइ बहुमतले अस्वीकृत गरेको थियो ।
त्यसपछि जोशी विदामा बसेपछि अहिले ओमप्रकाश मिश्र सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको भूमिकामा छन् ।
बैठकले भावी प्रधानन्यायाधीका लागि नाम सिफारिश गरेर संसदीय सुनुवाई विशेष समितिमा छलफलका लागि पठाउनेछ ।
यसअघि नै न्याय परिषद्को बैठकले वरिष्ठताका आधारमा मिश्र र चोलेन्द्रशमसेर जबराको नाम संवैधानिक परिषद्मा पठाइसकेको छ ।
आज बस्ने भनिएको परिषद् बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रमुख नियुक्तिबारे पनि छलफल हुने बताइएको थियो ।
प्रमुख प्रतिपक्षी दलका नेता देउवा फर्किएपछि मात्र बैठक बस्नुपर्ने भएकाले करिब एक हप्ताका लागि बैठक सरेको हो ।









प्रतिक्रिया दिनुहोस्