Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित


0
Shares

काठमाडौं, फागुन १३ । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको मंगलबारको बैठक बुधबारसम्मका लागि स्थगन भएको छ ।

गणपूरक संख्या नपुगेको भन्दै नेपाली कांग्रेस सांसद अतहर कमाल मुसलमानले नियमापत्ति गरेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको थियो ।

संघीय संसद सचिवालयले सूचना जारी गर्दैै प्रतिनिधिसभा बैठक बुधबार अपराह्न १ बजेसम्मका लागि स्थगन भएको जनाएको छ ।

‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने कार्यसूची रहे पनि गणपूरक संख्या नपुगेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन । रासस