सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत कालिकोट सडकखण्डको शुभकालिका गाउँपालिका–१ लालीघाटमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दैलेख गुराँसे गाउँपालिका–४ का १९ वर्षीय चक्रबहादुर खड्का छन् ।
जुम्लाबाट सुर्खेत आउँदै गरेको लु १ ज ४१४१ नम्बरको जीपमा सवार यात्रु झारेर ब्याक गर्ने क्रममा कर्णाली नदीमा खसेको जीपमा चालक मात्र रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्