Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


हलिवुड निर्माता हार्भी कुटपिट र बलात्कारमा दोषी ठहर, २५ वर्ष जेल हुन सक्ने


0
Shares

एजेन्सी । हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कारसहित कुटपिटको घटनामा दोषी ठहर भएका छन् ।

न्यू योर्कको एउटा अदालतले गरेको उक्त फैसलालाई यौन आक्रमणका दुर्व्यवहार पीडित महिलाहरूको आन्दोलनको जितका रूपमा हेरिएको छ ।

६७ वर्षीय वाइन्सटिनलाई अदालतले थर्ड डिग्री बलात्कार र फर्स्ट डिग्री आपराधिक यौन कार्यमा दोषी ठहर गरेको छ ।

न्यू योर्कमा बलात्कारको थर्ड डिग्री आरोप भन्नाले सहमति जनाउन नसक्ने अवस्थामा रहेका वा १७ वर्ष भन्दा कम उमेरका वा सहमति दिन नसक्नुका साथै कुनै कारणवश त्यस्तो नगरेकासँग शारीरिक सम्बन्धमा संलग्न रहेको भन्ने बुझिन्छ ।

वाइन्सटिनले २५ वर्ष सम्मको जेल सजाय पाउन सक्ने बताइएको छ ।

ग्वेइनेथ प्यालट्रो, उमा थर्मेन र साल्मा हाएक सहित कम्तीमा ८० जनाले उनीमाथि यौन दुर्व्यवहारको आरोप लगाएका छन् ।

अदालतले उनलाई तत्काल जेल चलान गर्न आदेश सुनाएको थियो । वाइन्सटिनले भने सबै आरोपको खण्डन गर्दै आएका छन्।