मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर ११ मेलम्ची बाजर स्थित शिव मन्दिर परीसरमा एक शिशु बेवारीसे अवस्थामा भेटिएका छन् ।
ईन्द्रेश्वरी मावि जाने बाटो माथी रहेको कृष्ण मन्दिरमा करीब ३ दिनको शिशु बेवारिसे अवस्थामा सोमबार साँझ फेला परेका हुन् ।
मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालको रोहवरमा मेलम्ची प्रहरी र स्थानीयले शिशुको उद्धार गरेका थिए ।
शिशुको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ परिक्षण गरीएको छ ।स्वास्थ्यकर्मीको निगरानिमा उपचार भईरहेको शिशुको अवस्था भने सामान्य छ ।
उक्त शिशुलाई अहिले स्थानीय लक्ष्मी दुलालाको साथमा राखिएको छ ।
मंगलबार सम्म कोहि आफन्त लिन नआए कानुनी प्रक्रीया अनुसार धर्मपुत्र राख्न प्रक्रीया सुरु गर्ने ईलाका प्रहरी कार्यलय मेलम्चीले जनाएको छ ।
शिशुकोे अवस्था हेर्दा जन्म दिएर दूई दिन आफै संग राखेर आज बाटोमा छोडेको जस्तो देखिएको स्थानीयले बताएका छन ।









प्रतिक्रिया दिनुहोस्