Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


वनको आम्दानी घटेकाले शिक्षकले एकवर्षदेखि तलब पाएनन्


0
Shares

कञ्चनपुर । नयाँ शैक्षिक सत्र सुरु हुनु एक महिना मात्र बाँकी रहेका बेला कञ्चनपुरको कृष्णपुर नगरपालिकामा निजी स्रोतका शिक्षकले हालसम्मको तलब पाउन सकेका छैनन् ।

कृष्णपुर नगरपालिका १ स्थित चन्द्रसूर्य प्राथमिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले शैक्षिक सत्र २०७६ को हालसम्म तलब पाउन नसकेका हुन् ।

२ जना शिक्षकको भरमा विद्यार्थीको पठनपाठनमा समस्या भएपनि निजी स्रोतबाट शिक्षक राखिएपनि वैशाखदेखिकै तलब दिन बाँकी रहेको प्राध्यानाध्यापक गजिराम सार्कीले जानकारी दिए ।

गत शैक्षिक सत्रमा कृष्णपुर नगरपालिकाले निजी स्रोतका शिक्षकको तलबका लागि ६१ हजार सहयोग गरेको थियो । यता, यस शैक्षिक सत्रको झण्डै दुई लाख ५० हजार रकम बराबर तलब दिन बाँकी रहेको प्राध्यानाध्यापक सार्कीले बताए ।

विगतका वर्षमा ऐश्वर्या सामुदायिक वनले निजी स्रोतका शिक्षकलाई तलब खुवाउँदै आए पनि वनको आम्दानी घट्दै गएपछि शिक्षकलाई तलव खुवाउन समस्या भएको हो ।