काठमाडौं । देशका प्रधानमन्त्रीको जन्मोत्सव सारा देशले मनाउनुपर्ने हो । यदि प्रधानमन्त्री जनताका हुन्थे भने । तर प्रधानमन्त्रीको जन्मोत्सव आसेपासेका लागि उत्सव भयो । अन्यलाई केही न केही ।
अझ प्रधानमन्त्रीले जन्मोत्सव मनाउन गरेका हर्कतले सर्वसाधारणलाई समेत लाज लागेको छ । उनको जन्मोत्सव भन्दै तेह्रथुमको आठराई गाउँपालिकामा बिदा दिनु, घण्टौसम्म विद्यार्थीलाई हिडाएर भोकभोकै ल्याउनु, चारवटा हेलिकप्टोर चार्टर गरेर एकथान भजन गाउने मण्डली सहित जन्मथलो पुग्नु र नेपालको नक्सा अंकित केक काट्नुले बुझ्ने जति सबैलाई लज्जित बनाएको छ ।
अझ भनौ शासन गर्नेहरुदेखि जनताले अझै निराश अनुभुति गरेका छन् । प्रधानमन्त्री ओलीको जन्मदिनमा नेपालको नक्सा अकिंत केक काटेपछि यसको विरोध र सपोर्टले सामाजिक सञ्जाल तातेको छ ।
सपोर्टमा भन्दा पनि विरोधहरु चर्को रुपमा देखिएका छन् । जन्मदिन मनाउन चारवटा हेलिकोप्टरसहित तेह्रथुमको आठराई पुगेका ओलीको राजशी ठाटले आम नेपालीलाई लज्जित बनाएको धेरैको आक्रोश देखिन्छ ।
अझ यति समुहका अध्यक्षले नै ओलीको जन्मोत्सवका लागि हेलिकप्टोरमा केक लिएर त्यहाँ पुगेका थिए । यति समुह अहिलेको अवस्थामा कति विवादित छ र प्रधानमन्त्रीको साँठगाँठ उनीसँग के भन्ने सवाल पनि उठेको छ ।
हुन त प्रधानमन्त्रीको निगाहा यति समुहलाई भएको कुरा जगजाहेर नै छ । सर्वहारा वर्गको उत्थान गर्छु भन्दै राजनितिमा होमिएका ओली प्रधानमन्त्री भएपछि राजशी ठाट देखाउने होडबाजीमा छन् ।
प्रधानमन्त्री ओलीले जन्मदिनमा नेपालको नक्सा अंकित केक काटेपछि सामाजिक सञ्जालमा देखिएका आक्रोश यस्ता छन् ।
मुमाराम खनाल लेख्छन, ‘नेपालको नक्सालाई जन्मदिनको केक बनाउने हात कामेनन्। देशको नक्सालाई केक बनाएर काट्ने हात पनि कामेनन्। न त कामे नेताका हातहरु न कार्यकर्ताका। यस्तो देखेर लाज मान्ने र मुटु कमाउने त हामी निरीह नागरिक मात्र हौं।’

त्यसैगरी साझा पार्टीका प्रवक्ता सुर्यराज आचार्य लेख्छन, ‘प्रम ज्यु, बर्थडे (केक) को तस्बिर विद्रुप लाग्यो। प्रमको मर्यादा र यहाँको राजनीतिक व्यक्तित्वलाई यो दृश्यले न्याय गरेन। प्रतिकात्मक अर्थ के बुझेर यस्तो केक बन्यो थाहा भएन। १९९८ मा रुसमा चैँ कम्युनिस्ट शासनको अन्त्य मनाउन लेनिनको आकृतिको केक काटिएको थियो।’

त्यसैगरी सामाजिक अभियन्ता रामेश्वरी पन्त लेख्छिन्, नेपालको नक्साको केक बनाएर काट्ने र खाने दिमागमा अरु के के फुरेको होला रु यस्तो गर्न पाइन्छ रु नेपाल त सङ्घियताले नै टुक्राटुक्रा पारिसकेको थियो, अब केक बनाएर निल्न मात्र बाकी रहेछ ।

मदन कुमार गौतम लेख्छन्, ‘यस्तो अर्ति बुद्दि दिने को होला प्रधानमन्त्री ज्युलाइ आफ्नु देशको नक्सा आकारको केक काट्न लगाउने रु त्यो पनि केक कै लागि हेलिकप्टर चार्टर गरेर रमाउनु पर्ने ? अनि तपाइ राजा महाराजा त फिट्टिक्कै होइन तपाइको जन्मदिनको दिन बिदा दिनु पर्ने ? कुन देशको नेताले गर्छ होला आफ्नु देशको नक्सा आकारको केक काट्ने काम ? यो तस्बिर हेर्नै लाज लाग्यो ।’

भुवन रायमाझी लेख्छन्, कुरो केकको होइन सोच र शिक्षाको हो। बाँकी तस्बिर आफै बोलोस जे बोल्न छ। फेरि पनि जन्मदिनको शुभकामना प्रधानमन्त्री ज्यू ।नोटस् प्रम ज्युले नेपालको नक्सा हैन बेस काट्नुभएको सबैमा जानकारी गराइन्छ ।

पत्रकार जीवन श्रेष्ठ लेख्छन्,
मेरो देश- तेरो बर्थ डे मा काटिने केक होइन, तेरो आसेपासेलाई घिच्याउने
मेरो देश – तेरो बाउलाई, तेरो बाजेले दिएको खेत होइन, मन लागि बण्डा गर्ने
विवेकलाई बड्कुलो बनाउने हे नेता बनिएका कुत्ता हो, सुन कान ठाडो पारेर
मेरो देश- तैंले तेरो छोरोलाई दिएको चङ्गा होइन, लट्टांई घुमाउदै हावामा चैट पार्ने ।










प्रतिक्रिया दिनुहोस्