लण्डन । अनाथ वालवालिका लागि सहयोगार्थ ग्रेसटमा रहेको ‘बेलिफ’ रेष्टुरेण्टले आयोजना गरेको च्यारिटी डिनरमा दुई लाख पचास हजार रुपैंयाँ संकलन भएको छ ।
संकलित रकम सोही समारोहबीच क्याट यूकेका अध्यक्ष जिवन सेनलाई हस्तान्तरण गरिएको छ ।
नेपाली समाजमा दिइने सहयोगको यो निरन्तरता मात्रै हो’, आगन्तुक सबैलाई धन्यबाद दिंदै रेष्टुरेण्टका प्रोपाइटर तथा समाजसेवी विष्णु खरेलले प्रष्ट पारेका छन् ।
चितवनका विभिन्न क्षेत्रहरू शिक्षा, स्वास्थ्य तथा प्राकृतिक व्यवस्थापनमा सहयोग गर्दै आएको क्याट यूकेलाई यसपटक अनाथ वालवालिका लागि सहयोगार्थ च्यारीटी डिनर आयोजना गरिएको हो ।
क्याट यूके (चितवन एड ट्रष्ट)ले जिल्ला शिक्षा कार्यलय , सिडियो कार्यलय लगायतका स्थानिय निकायसंग सहकार्य गर्दै निरन्तर आफूलाई सहयोगी संस्थाका रुपमा स्थापित गरेको छ । बेलिफ रेष्टुरेण्टले ग्रेसटमा वस्ने स्थानियलाई निमन्त्रणा गरी च्यारिटीका लागि सहयोग रकम संकलन गरिएको थियो ।
च्यारिटी डिनरलाई सहयोग गर्न समाजसेवी शेर सुनार, लण्डनबाट क्याट यूकेका अध्यक्ष जिवन सेन, नेपाल प्रेस युनियन युरोपका संयोजक सञ्जयभक्त कँडेल, नेपाल प्रेस युनियन युकेका अध्यक्ष विपिन निरौला, पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याल, नेपाल प्रेस युनियनका यूके सचिव मन्दिप केसी, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष नविन पोख्रेल, एनआरएनए यूकेका कार्य समिति सदस्य प्रकाश कंडेल, फोटो पत्रकार शंकर श्रेष्ठ , श्रृजनशिल नेपाली समाज युकेका अध्यक्ष भक्त दर्जीलगायतको उपस्थिति थियो ।









प्रतिक्रिया दिनुहोस्