
web pic 
	    काठमाडौं, माघ २८ । कर्णाली प्रदेश सरकारले कोरोना (कोभिड–१९) संक्रमणका कारण मृत्यु भएकाको परिवारलाई एक लाखका दरले राहत रकम उपलब्ध गराएको छ ।
कर्णाली प्रदेशका १० जिल्लाका १ सय ७१ जना मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो ।
सुर्खेतका ८९, जाजरकोटका १०, दैलेखका १९, रुकुम पश्चिमका ११, सल्यानका २३, कालिकोटका ६, जुम्लाका १०, हुम्ला र मुगुका एक/एक घरपरिवारलाई एक लाखका दरले राहत रकम उपलब्ध गराइएको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
गत बैशाख २० गते प्रदेश मन्त्रिपरिषद् बैठकले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरुको घरपरिवारलाई प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्