३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


दर्ता नगरी बुस्टर डोज लगाउनेले दर्ता गरिदिनुस् : स्वास्थ्यमन्त्री खतिवडा


325
Shares

काठमाडौं । स्वास्थ्यमन्त्री विरोध खतिवडाले दर्ता नगरी बुस्टर डोज खोप लगाएका सबैलाई सम्बन्धित स्थानमा गएर दर्ता गराउन आग्रह गर्नुभएको छ ।

शुक्रबार १०० दिनको कार्यप्रगति सार्वजनिक गर्दै मन्त्री खतिवडाले यस्तो आग्रह गर्नुभएको हो ।

२४ लाख डोज खोपको विवरण संकलन भइरहेको भन्दै उहाँले सरकारको निर्णयभन्दा अघि धेरै स्वास्थ्यकर्मीहरूले बुस्टर डोज खोप लगाएको पनि हुन सक्ने भन्दै खोप लगाएको स्थानमा नै रेकर्ड राख्न आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘बुस्टर डोज खोप लगाउनु गलत होइन तर रेकर्ड राख्नमा सहयोग गर्नुहोस् भन्नुभयो ।’

खतिवडाले हराएको भनिएको कोरोना भाइरस विरुद्धको २४ लाख डोज खोपको सम्पूर्ण विवरण केही दिनमा सार्वजनिक गर्ने बताउनुभयो ।

खरिद र अनुदानबाट प्राप्त खोपमध्ये २४ लाख खोपको विवरण नै नआए पछि हराएको भन्दै विरोध भएको थियो । मन्त्री खतिवडाले भने खोप हराएको नभइ विवरण दर्ता हुन बाँकी रहेको जिकिर गर्दै आउनुभएको छ ।