Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


पत्रकार गोविन्द मरासिनीलाई स्याङ्जामा सम्मान


0
Shares

काठमाडौं ।  स्याङ्जाको लत्रेपिपलमा तेस्रो लत्रेपिपल तथा साँस्कृतिक मेला–२०७६ शनिबार(आज) समापन हुने भएको छ ।

शुक्रबारदेखि लत्रेपिपलको ढडुवामा शुरू भएको मेलाको पुतलीबजार नगर प्रमुख सिमा क्षेत्रीले एक कार्यक्रमकाबीच उद्घाटन गरिन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख क्षेत्रीले आफ्नो नगरपालिकाको बिकासको लागि कहिल्यै पछि नहट्ने जिकिर गरिन् । युवाहरूले गर्ने यी र यस्ता कार्यक्रमहरूमा आफूले सधै सहयोग गर्ने बताइन् ।

कार्यक्रममा वडा न ३ कार्यबहाक सभापित तेजप्रसाद शर्मा, पर्यटन प्रबर्द्धक अन्नत कुमार श्रेष्ठ, काँग्रेस नेता दिर्घ नारायण मरासिनी, रेडियो स्याङ्जाका प्रबन्धक रमेश गोदार, पत्रकार महासँघ स्याङ्जाका सभापति ओम प्रकाश शर्मा लगायतको सहभागिता थियो ।

कार्यक्रमका सभापति धुब्र शर्माले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । लत्रेपिपल क्लवको आयोजना गरेको कार्यक्रम आइतबारसम्म चल्नेछ । कार्यक्रममा सन्चार जगतमा महत्वपूर्ण योगदान पुर्याउनु भएको भन्दै पत्रकार गोबिन्द मरासिनीलाई सम्मान गरिएको छ ।

उनलाई कार्यक्रमकी प्रमुख अतिथि पुबनपा प्रमुख क्षेत्रीले प्रमाणपत्र र क्लवका अध्यक्ष शर्माले माला लगाएर सम्मान गरेका थिए । नयाँ पुस्ता डटकमका कार्यकारी सम्पादक समेत रहेका मरासिनीले बिशेषतः स्याङ्जा जिल्लाको पर्यटन र स्याङ्जाको कलाकारिता क्षेत्रमा कलम चलाएवापत सम्मान गरिएको हो ।

उनले विभिन्न पत्रपत्रिका स्वतन्त्रपूर्वक आलेखहरु प्रकाशित गर्ने गर्छन । सेतोपाटी डटकम, गोरखापत्र, राजधानी दैनिकलगायतका पत्रिकामा उनका विभिन्न आलेखहरु प्रकाशित छन् । एक दशक देखि पत्रकारितामा क्रियाशिल मरासिनी समुद्रपारी डटकम, दर्पण संसार डटकम, इमेज च्यानल टेलिभिजन, काठमाडुप्रेसलगायतका मिडियामा काम गरेको अनुभव छ ।

मेलामा प्रतिकुल मौसमका बाबजुत पनि मेलामा चर्चित स्याङ्जाली गायक खुमन अधिकारीले माहोल तताएका छन् । उनले आफ्ना चर्चित गीत गाउँदा दर्शकहरू पानीको प्रवाह नगरी साथ दिएका थिए ।

कार्यक्रममा अधिकारीसँगै घनश्याम रिजाल र स्थानीय कलाकार हरूको प्रस्तुतिले पनि दर्शकले रूचाए ।

कार्यक्रम अन्तगत दोश्रो दिन चर्चित गायक पशुपति शर्मा, चर्चित लोकदोहोरी टिम ईन्द्रेणीलगायतको प्रस्तुती रहने क्लवका सचिव मोती मरासिनीले जानकारी दिए ।