Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


आफैंले आफैंलाई सिध्याउने रहेछन् : दाहाल


0
Shares

भक्तपुर, फागुन ९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट नेताहरुले व्यवहारमा पनि आदर्श देखाउन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार बिहान भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘कम्युनिस्ट पार्टीको नेतृत्व नै आफ्ना आदर्शबाट च्यूत भइ आफ्नो उद्देश्य र वैचारिक निष्ठाबाट विचलित भएपछि पुँजीपति, सेना, बन्दुक केही पनि चाहिँदो रहेनछ’–उनले भने–‘आफैंले आफैंलाई सिध्याउने रहेछन् ।’

कम्युनिस्टहरु क्रान्तिमा हुँदा त्याग गर्नसक्ने, तपस्या गर्नसक्ने, जनता जहाँ बस्छन्, त्यहाँ बस्नसक्ने, जनताले जे खान्छन्, त्यही खानसक्ने तर सत्ता प्राप्त गरेपछि त्यो आदर्शबाट विचलित हुने गरेको उनले बताए ।

उनले कम्युनिस्ट आदर्शको राजनीतिलाई फेरि एकपटक स्थापित गर्नुपर्ने धारणा राखे ।

‘हिजो मृत्युलाई सामना गरेर, जेलनेल, यातना र भयलाई समेत वास्ता नगरेर जनताको मन जित्ने तर शासन हातमा आएपछि अर्कै–अर्कै । यो सबैभन्दा बढी २०औं शताब्दीमा देखिएको थियो । कम्युनिस्ट पार्टीका नेताहरु आदर्शबाट च्यूत भएपछि शासनबाट बाहिरिन त्यहाँ पुँजीपति चाहिन्न । बन्दुक पनि चाहिन्न’–अध्यक्ष दाहालले भने–‘आफैंले आफैंलाई सिध्याउने रहेछन् ।’