Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


खप्तड क्षेत्रमा हिमपात


0
Shares

डोटी, फागुन ९ । बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा शुक्रबार बिहानदेखि हिमपात सुरु भएको छ ।

योसहित यहाँका पहाडी जिल्लामा छैटौंपटक हिमपात भएको हो ।

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा मात्रै शुक्रबार बिहानदेखि हिमपात सुरु भएको खप्तडमा तैनाथ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जनाएको छ ।

गत माघ २० गते परेको हिउँ पग्लिन नपाउँदै फेरि शुक्रबार हिमपात भएपछि जनजीवन प्रभावित बनेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा शुक्रबार बिहानदेखि फेरि हिमपात सुरु भएको बताइएको छ ।

खप्तडस्थित झिग्राना, पानीखाल, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भइ चिसो बढेको छ । रासस