
काठमाडौं, फागुन ८ । पूर्वराष्ट्रपति रामवरण यादवले चिकित्सक र बिरामीको बीचमा बढ्दै गएको विश्वासको खाडललाई कम गराउन नसकिए स्वास्थ्य क्षेत्रमा ठूलो असर पुर्याउने बताएका छन् ।
बिहीबार राजधानीमा नेपाल अर्थोपेडिक सोसाइटीको २५औं वार्षिकोत्सव कार्यक्रममा उनले ‘बिरामीले चिकित्सकलाई गर्नुपर्ने विश्वास गुम्दै जानु सकारात्मक संकेत होइन’–भने ।
कार्यक्रममा हाडजोर्नी रोगको उपचारमा नेपालले ठूलो फड्को मार्न सफल भएको दाबी गरिएको थियो ।
नेपाल अर्थोपेडिक सोसाइटीमा नेपालभरिका ३९४ जना हाडजोर्नी रोग विशेषज्ञहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्