
काठमाडौं, फागुन ८ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार, नेपाली जनता र नेपाली सेनाको सहकार्यबाट मात्रै देश विकास सम्भव भएको बताएका छन् ।
नेपाली सेनाले प्रकाशन गरेको ‘युनिटी जनरल’को बिहीबार राजधानीमा विमोचन गर्दै उनले अवसर र चुनौतीहरुको सामना गरी राष्ट्रमा स्थीरता कायम गर्न नेपाली सेना सक्षम रहेको बताए ।
कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्र विकासका लागि नेपाली जनता र सेना एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।
नेपाली सेनाले पहिलोपटक सर्वसाधारणको पनि लेख समावेश गरी युनिटी जनरल प्रकाशन गरेको हो ।
पुस्तकमा उत्कृष्ट लेख समावेश गर्न सूचना प्रकाशित गरिए ३२ ओटा लेख समावेश गरिएका छन् । उत्कृष्ट दुई लेखमध्ये प्रथम हुने बिहारी कृष्ण श्रेष्ठलाई दुई लाख रुपैयाँ, द्धितीय हुने पशुपति नेपालाई एक लाख र तेस्रो स्थान हासिल गर्ने गेजा शर्मा वाग्लेलाई ५० हजार रुपैयाँले सम्मान गरिएको छ ।
यस्तै, १०/१० हजार रुपैयाँको सान्त्वना पुरस्कार पनि प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्