Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘पर्यटन परी’ अर्थात् रोबोट


0
Shares

काठमाडौं, फागुन ८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट रोबोटमार्फत् यात्रीलाई सेवा दिन थालिएको छ ।

पर्यटन भ्रमण वर्ष २०२० को उपलक्ष्यमा रोबोटमार्फत् पर्यटकलाई सेवा दिने उद्देश्यका साथ सुरु गरिएको यो सेवाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गरेका हुन् ।

उद्घाटनकै क्रममा मन्त्री भट्टराईले रोबोट सेवा प्रभावकारी भएमा निर्माण हुँदै गरेका अन्य विमानस्थलमा समेत स्थापित गर्ने बताए ।

यो रोबोटलाई ‘पर्यटन परी’ नामाकरण गरिएको छ ।

पर्यटन परीका रुपमा रहेका दुईओटा रोबोटले विमानस्थलमा यात्रीलाई अभिवादन गर्नेछन् भने रोबोटमा ‘सेट’ गरिएअनुसारका सूचना ‘टच स्क्रिन’मार्फत् उपलब्ध गराउनेछन् । यी रोबोटहरु विमानस्थलको आगमन र प्रस्थानकक्षमा राखिएको छ ।

रोबोटहरुले अंग्रेजी र चिनियाँ भाषामा संवाद गर्ने र पर्यटकलाई नेपालका पर्यटन गन्तव्य, भिसा प्रक्रियालगायतका विषयमा जानकारी गराउनेछन् ।

प्रतिरोबोटका लागि २० लाख रुपैयाँ लागत परेको जनाइएको छ ।